मुलुकको समृद्धिका लागि एमाले बलियो हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

मुलुकको समृद्धिका लागि एमाले बलियो हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

१० कार्तिक, काठमाडौं ।

नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन्।

नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीको प्रथम नगर अधिवेशन उद्घाटन गर्दै उनले मुलुकको विकास समृद्धिका लागि एमाले सशक्त र बलियो हुनुपर्नेमा जोड दिएका हुन्।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता गुरुङले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको महत्त्वपूर्ण योजना वर्तमान सरकारले खारेज गरेर देश र जनताको उपलब्धि हुन नदिएको आरोपसमेत लगाए।

राष्ट्रिय पूँजीको निर्माण नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै उनले मुलुक आत्मनिर्भर नभएसम्म समाजवादको व्यावहारिक कार्यान्वयन हुन नसक्ने बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.