१० कार्तिक, काठमाडौं ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ।
विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा इंग्ल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। आबुधाबीमा हुने इंग्ल्यान्ड र बंगलादेशबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
समूह १ मा रहेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । बंगलादेश पनि पहिलो जितको खोजीमा छ ।
यस्तै, दोस्रो खेलमा नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आबुधाबीमा हुने दुई टोलीबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।