मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

१० कात्तिक, काठमाडौं।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्। बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकलाई सम्बोधनपछि मुख्यमन्त्री पदबाट शाक्यले राजीनामा दिएकी हुन् ।

बैठकमा विश्वासको मतमाथि उठेका प्रश्नहरुको जवाफ दिइसकेपछि मुख्यमन्त्रीबाट मार्गप्रशस्त गरेको बताइन् । शाक्यले छोटो समय भए पनि आफ्नो कार्यकाल उपलब्धीपूर्ण भएको र सबैले सहयोग गरेको बताइन् ।

गत २ भदौमा मुख्यमन्त्री भएकी शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामाको विकल्प रोजकी हुन् । विपक्षीले विरुद्धमा गठबन्धन बनाएपछि ७१ दिनमै उनी बाहिरिनु परेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.