१० कात्तिक, काठमाडौं ।
नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरीले नयाँ तीन वर्षे सम्झौता गरेका हुन्।
उनले नेपाल फर्किन सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद दिएका छन्। यस्तै, उनले नेपाली फुटबलका लागि आगामी २ वर्षको योजना बनाएको पनि जानकारी दिएका छन्। ‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली फुटबललाई अर्को स्तरमा पुर्याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।’
उनले आफू र आफ्नो खेलाडीलाई नेपाली फ्यानहरूको साथ र माया चाहिएको पनि बताएका छन्।
