१० कात्तिक, हेटौंडा ।
बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रकृया सुरु भएको हो ।
प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।
