बाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी प्रस्तुत

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी प्रस्तुत

१० कार्तिक, काठमाडौं।

बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)संसदीय दलका नेता सांसद राजेन्द्र पाण्डेले दाबी पेस गरेका छन् ।

पाण्डेले कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत चार दलका ५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा आज साँझ दावी पेश गरेका हुन् ।

अष्टलक्ष्मी शाक्यले आजै संसद बैठकमा सम्बोधन गरेर पदबाट राजीनामा दिएकी थिईन् । शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

१०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.