मेयर कप भेट्रान फुटबल: आर्मी र एनआरटीलाई सफलता

मेयर कप भेट्रान फुटबल: आर्मी र एनआरटीलाई सफलता

१० कात्तिक, काठमाडाैँ ।

राजधानीमा जारी भेट्रान फुटबल अन्तर्गत आज भएका खेलमा विभागीय भेट्रान टोली त्रिभुवन आर्मी लगातार दोस्रो जित निकाल्दा र न्यू रोड टिम (एनआरटी) ले जित निकालेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा एनआरटीले वि आर बर्दशलाई १–० ले पराजित गर्दा आर्मीले फर्पिङमाथि ४–१ को सहज जित निकालेको हो । एनआरटीलाई जित दिलाउनका लागि नरेन्द्रमान श्रेष्ठ थापाले गरेको गोल निर्णायक बन्यो । ४७औं मिनेटमा नरेन्द्रले गोल गर्दै टोलीलाई सुखद नतिजा दिलाएका हुन ।

प्रतियोगिता अन्तर्गत आजै भएको दिनको पहिलो खेलमा विभागको टोली त्रिभुवन आर्मीले फर्पिङ स्पोट्र्स क्लबलाई ४–१ गोल अन्तरले पराजित जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै आर्मीले दोस्रो चरणमा स्थान बनाएको छ । आर्मीले २ खेलबाट स्पष्ट अंक जोडर समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

फर्पिमाथि सहज जित दिलाउनका लागि आर्मीका राजु तामाङले दुई गोल गरे । यस्तै विकर्ण श्रेष्ठ र नविन न्यौपानेले एक एक गोल गरे । फर्पिङका निरज श्रेष्ठले एक गोल फर्काए । यस अघि भएको पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोल अन्तरले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो ।

प्रतियोगितामा भोली चार खेल हुनेछन् । पहिलो खेलका साइनिङ सन फुटबल एकेडेमी र खुमलटार, दोस्रो खेल झापा फुटबल र काभ्रे भेट्रान, तेस्रो खेल बुटवल नगरपालिका र चितवन भेट्रान तथा पोखरा एघार भेट्रान र झम्सीखेल भेट्रानबीच खेल हुनेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.