आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै

११ कार्तिक, काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज बस्न लागेको छ।

संघीय संसद् सचिवालयका अनुसार आज दिउसो २ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ। यसअघि कात्तिक ९ गतेका लागि बैठक बोलाइएको भए पनि सूचना टाँसेर आजका लागि सारिएको हो।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले कात्तिक ९ गते स्थानीय तहको अधिवेशन रहेको जनाउँदै बैठक स्थगित गर्न माग गरेको थियो। एमालेको माग अनुसार बैठक सारेर आज राखिएको हो।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.