देउवा र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुने

देउवा र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुने

११ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ ।

ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप-२६)मा  सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार (कात्तिक १२ गते) स्कटल्याण्ड प्रस्थान गर्दैछन् ।

साेही क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता हुने पक्का भएको हो । त्यहाँ हुने साइड लाइन वार्ताका लागि नेपालले गरेको आग्रह भारतले स्वीकार गरिसकेको प्रधानमन्त्री निकट स्रोतले बतायो । देउवा र मोदीबीच २०७४ सालयता भेटवार्ता भएको छैन ।

प्रधानमन्त्री देउवा १२ गते स्कटल्याण्ड गएर १८ गते  स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन भने कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.