सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदीको स्थिर

११ कात्तिक, काठमाडौं।

साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ४०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.