प्राकृतिक विपद्‌मा बेपत्ताका परिवारलाई पनि दुई लाख राहत दिने सरकारकाे निर्णय

प्राकृतिक विपद्‌मा बेपत्ताका परिवारलाई पनि दुई लाख राहत दिने सरकारकाे निर्णय

११ कात्तिक, काठमाडौँ ।

सरकारले बाढीपहिरो र डुबानका कारण बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने भएकाे छ ।

बिहीबार बसको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई प्रतिपरिवार २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए ।

सरकारले यसअघि नै बाढीपहिरो र डुबानमा परी मृत्यु हुने व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरिसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.