प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाँदै

प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाँदै

१२ कात्तिक, काठमाडौँ ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् ।

भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्माले यही २०७८ कात्तिक २३ गते देखी कात्तिक २६ गतेसम्म भारतको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको दौरान उनलाई भारतका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ । उनले त्यसै अवसरमा आफ्ना समकक्षी जनरल नरवणे लगायत भारतीय सेनाका विभिन्न उच्च पदाधिकारीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

साथै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्मालाई भारत भ्रमण गर्न स्वीकृत समेत प्रदान गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.