नेदरल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाललले घरेलु टोलीलाई १ रनले हराएको छ। यो सँगै दुई एक दिवसीय शृंखला १-१ को बराबरीमा सकाएको छ।
योसँगै नेपालले एक दिवसीयको डेब्यु खेलमा ब्यहोरेको हारको बदला लिँदै सिरिज बराबरी गर्न सफल भएको छ । नेपालले पहिले ब्याटिङ गर्दै २१६ रन बनाएपछि जबाफी ब्याटिङमा उत्रेको नेदरल्यान्ड सबै १० विकेट गुमाउँदै २१५ रनमा सीमित भएको हो ।
नेदरल्यान्डसलाई पराजित गर्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ३ विकेट लिए । त्यसैगरी आठ ओभर बलिङ गरेका ललित भण्डारीले २ र ९ ओभर बलिङ गरेका सोमपाल कामीले १ विकेट लिए ।
नेपालका जितमा ब्याटिङतर्फ सोमपाल कामी र कप्तान पारस खड्काले प्रभावशाली प्रदर्शन गरे । सोमपालले ६१ रनको शानदार पारी खेल्दा कप्तान पारसले पनि ५१ रनको अर्धशतकीय पारी खेलेर नेपाललाई मजबुत अवस्थामा पुर्याएका थिए ।