प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बारले आइबारबाट धर्ना दिने

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बारले आइबारबाट धर्ना दिने

१२  कात्तिक, काठमाडौँ ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइबारबाट धर्ना दिने भएको छ । शुक्रबार बसेकाे नेपाल बारको केन्द्रीय कार्यसमिति बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित आगामी आइतबारदेखि बुधबारसम्म पाखुरामा कालोपट्टि बाँधेर धर्ना दिने निर्णय गरेको हाे ।

त्यसैगरी बैठकले प्रधानन्यायाधीश जबरालाई आफ्नो लागि इजलास नतोक्न पनि आग्रह गरेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।बैकले आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको उनले बताइन् ।

 बुधबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआएमा आन्दोलनको थप कार्यक्रम सार्वजनिक गरिने जनाइएकाे छ । उपाध्यक्ष बस्यालले भनिन्, ‘यो आन्दोलनको अवधिभरमा पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्नेछौं ।’

बैठकले सबैलाई न्यायालय शुद्धिकरण अभियानमा नेपाल बारले सुरु गरेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.