चेरी ब्रान्डको टिग्गो फोरप्रो नेपाली बजारमा

चेरी ब्रान्डको टिग्गो फोरप्रो नेपाली बजारमा

१२ कात्तिक, काठमाडाैँ ।

नेपाली बजारमा चेरी ब्रान्डको एसयूभी ‘टिग्गो फोरप्रो’ आएको छ । सारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा चेरी ब्रान्डको एसयूभी ‘टिग्गो फोरप्रो’ भित्र्याएको हो । शुक्रबार काठमाण्डौमा एक कार्यक्रमका बीच ‘टिग्गो फोरप्रो’ को प्रदर्शनी गरिएको हो ।

बजारमा यो गाडी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । टिग्गो सिरिजको गुणस्तरीय सानो एसयूभीको रुपमा टिग्गो फोरप्रो परिचित छ । कम्फर्टेबल बिग स्पेस, कम्फर्टेबल ड्राइभिङ एक्सपेरियन्स र कम्फर्टेबल क्वालिटी इन्भाइरोमेन्टका लागि यो एसयूभी परिचित छ । नेपालमा उपलब्ध टिग्गो फोरप्रो म्यानुअल ट्रान्समिसनको मूल्य ४६ लाख २० हजार, सीभीटी ट्रान्समिसनको मूल्य ५२ लाख ५० हजार र १.५ टर्बो सीभीटी ट्रान्समिसनको मूल्य ५८ लाख ४० हजार रुपैयाँ पर्ने बताइएको छ । चेरी चीनको लोकप्रिय ब्रान्ड हो ।

विश्व प्रसिद्ध ब्रान्ड ज्यागुअर ल्यान्डरोभरसँगको सहकार्यमा चेरीले विभिन्न मोडलका गाडीहरु उत्पादन गर्ने गरेको छ । सन् १९९७ मा स्थापना भए यता चेरीले विश्वका ८० भन्दा बढी देशमा ९० लाख भन्दा बढी गाडी बिक्री–वितरण गरिसकेको छ । चेरी अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा बढी गाडी निर्यात गर्ने चाइनिज कम्पनीको रुपमा परिचित छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.