१२ कात्तिक, काठमाडौं ।
शुक्रबार नेपाल बार एसोसिएसनकाे परिसरमा कानुन व्यवसायीहरु हातपातमा उत्रिए। नेपाल बार एसोसिएसनमा बैठक जारी रहँदा परिसरमा कानुन व्यवसायी भूमिनन्द चुडालने कुटिएका थिए।
अधिवक्ता भूमिनन्द चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन्।
कुटाई खाएका अधिवक्ता चुँडालले भने आफू कानूनी उपचारमा जाने बताईसकेका छन् । कुटपिटपछि बारकाे दैलाेमा देखिएका चुडालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा रातन्त्रको खम्बा भएको बताए । चुडालले बार गैरसंवैधानिक भएको आरोप लगाउँदै प्रधानन्याधीश जबरालाई कसैले हटाउन नसक्ने पनि बताए । बार निकट व्यक्तिहरुले आफूहरुलाई अन्याय गरेको उल्लेख गर्दै उनले आफूलाई कुट्दा पनि बार रमिता हेरेर बसेको बताए ।
उनले यो व्यबस्थाको अन्त्य गर्न आफू रगत बगाउँन तयार रहेको बताए । उनले रुँदै भने,’ राजतन्त्र आउँनैपर्छ, राजतन्त्र नल्याई छोड्दै छोड्दीन ।’