राष्ट्रियसभाका अध्यक्ष र स्पेनकी सभामुखबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष र स्पेनकी सभामुखबीच भेटवार्ता

१२ कात्तिक, काठमाडाैँ ।

स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेकाे छ ।

वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका सभामुख देलगाडो नेतृत्वको टोलीले शुक्रबार सिंहदरबारमा पुगेर अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेकाे हाे ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र स्पेनबीचको सुमधुर कूटनीतिक सम्बन्ध रहेको बताउँदै त्यहाँको प्रदेश तथा स्थानीय तह र नेपालका प्रदेश तथा तहबीच सहकार्य जरुरी रहेको बताए । भेटका क्रममा सभामुख देलगाडोले नेपाल र स्पेन सरकार तथा संसदको सम्बन्ध सुमधुर रहेको बताइन्।

उनले एक्त्रामादुरा प्रदेश र नेपालका प्रदेशबीच पनि सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि आफ्नो पहल रहने जानकारी दिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.