सुन्दर र सुखी जीवनको आधारसहित विश्व शहर दिवस मनाइने

सुन्दर र सुखी जीवनको आधारसहित विश्व शहर दिवस मनाइने

१२ कात्तिक, काठमाडाैँ ।

‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नारासहित विश्व शहर दिवस मनाइने भएको छ । शुक्रवार काठमाडौंमा विश्व शहर दिवस २०७८ को उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलन गर्दै शहरी विकास तथा भवन निर्माण विभागले यस वर्ष नेपालमा ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नारासहित विश्व शहर दिवस मनाइने भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा शहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रकाश शर्माले यस दिवसको मुख्य उद्देश्य विकासको प्रमुख मुद्दा शहरीकरणलाई मानेर अन्तर्राष्ट्रिय समुदायको आकृष्ट गर्नु र दिगो शहरी विकास हासिल गर्नका लागि अवसरको खोजी र शहरी समाधानको चुनौति समाधान गर्ने रहेको बताए । उनले कार्तिक १४ गते आईतवार बबरमहलमा कार्यशाला गोष्ठी आयोजना गरिने बताए ।

सह सचिव शर्माले भने, ‘यस वर्ष विश्व शहर दिवस राम्रो शहर, राम्रो जीवन रहेको छ र नेपालमा सुन्दर र सुखी जीवनको आधार, जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन तय गरिएको छ, हामी २०७८ कार्तिक १४ गते आईतवार शहरी विकास तथा भवन निर्माण विभाग, बबरमहलमा भौतिक उपस्थितीमै कार्यशाला गोष्ठी गर्नेछौँ ।’

विश्व शहर दिवस सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको साधारण सभाद्वारा संकल्प स्थापित गरे बमोजिम पहिलो विश्व शहर दिवस अक्टोबर २०१४ मा मनाइएको थियो । नेपालमा भने २०१९ देखि यो दिवस मनाउन थालिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.