कांग्रेस महाधिवेशन गर्न नसक्ने गरी बुढो भयो : ओली

कांग्रेस महाधिवेशन गर्न नसक्ने गरी बुढो भयो : ओली

१३ कात्तिक, काठमाडाैँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताएका छन् । शुक्रबार सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले भने, ‘अहिले ९, १०, ११ कहिले गर्ने भनेको, त्यो पनि नसक्ने भनिसके। यो कुनै हिसाबले कांग्रेसले रिति पुर्‍याउने कुरा हो। महाधिवेशन गर्न सक्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो। महाधिवेशन नै आयोजना गर्न नसक्ने अशक्त हालतमा कांग्रेस बुढो भयो । कांग्रेस बुढो भयो। विचार बुढो भयो। केही पनि छैन। महाधिवेशन पनि गर्न नसक्ने हालतमा कांग्रेस पुग्यो।’

ओलीले एमालेको विधान महाधिवेशनको भने प्रशंसा गरेका थिए। उनले आफूहरुले सो महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको बताएका थिए। उनले माधवकुमार नेपाल, पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटाको कार्यक्रममा चर्को आलोचना गरेको थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.