सांस्कृतिक सम्पदा मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर

सांस्कृतिक सम्पदा मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर

१४ कार्तिक, काठमाडौं ।

आज ३१ अक्टोबर अर्थात विश्व सहरीकरण दिवस । विश्वव्यापी सहरीकरणको अवसर, सहरीकरणका चुनौतिका सामना तथा सहरका एक आपसमा सहयोगका आदान–प्रदान गर्दै सहरी विकासका लागि योगदान पु–याउने उद्देश्यका साथ विश्वभर विश्व सहरीकरण दिवस मनाइँदै छ ।

‘प्रमुख सहरी रूपान्तरण’ मूल नाराका साथ सन् २०१४ मा चीनमा पहिलो पटक सहरीकरण दिवस मनाइएको थियो । यस वर्ष ‘जलवायु लचिलोपनका लागि सहरहरू अनुकूलन गर्ने’ नाराका साथ विश्व सहरीकरण दिवस मनाइँदै छ ।

संसारभर बाढी, खडेरी, समुन्द्री सतहमा आएको वृद्धि, बढ्दो गर्मी, पहिरो तथा आँधी जस्ता जलवायु सम्बन्धी प्रकोपको असर बढ्दै गएको सन्दर्भमा विश्व सहरीकरणको दिवसले खास अर्थ राख्छ ।

व्यवस्थित आवास, यातायात, संचार जस्ता दैनिकीलाई सहज बनाउने सबै किसिमका सेवासुविधायुक्त क्षेत्रलाई नै सहर भनिन्छ र यो हुनु वा बनाउनुलाई सहरीकरण भनिन्छ । तर, अहिले सहरीकरणको नाममा प्रकृतिक तथा सांस्कृतिक सम्पदालाई मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर छाएको छ । यस्ता गतिविधिले सहरलाई अस्तित्वहिन मानव बस्ती बनाउनु बाहेक अरु कुनै परिवर्तन गर्न सक्दैन ।

व्यवस्थीत सहरीकरणमा समयसँगै विकास भएका प्रविधिको प्रयोग हुनु एउटा पाटो भए पनि हाम्रा कला, सांस्कृतिक तथा सामाजिक पहिचानको पनि संरक्षण गर्नु अहिलेको आवश्यकता छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.