गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालन गर्न कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालन गर्न कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन

१४ कार्तिक, काठमाडौं ।

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन्।

आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खाणले निर्माण कार्य अविलम्ब सम्पन्न गरेर उद्घाटन हुने अवस्थामा पु¥याउन निर्देशन दिएका हुन्। उनले विमानस्थललाई मास्टर प्लान अनुसार नै बनाउने प्रतिवद्धता व्यक्त गरे।

विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गराउनका लागि निर्देशन दिँदै उनले त्यसका निम्ति सरकारले के गर्नुपर्छ सरकार तयार रहेको बताए।

कार्यवाहक प्रधानमन्त्री खाणले बुद्धको उपदेशलाई संसारभर पु¥याउन र आफ्नो जीवनमा अनुशरण गर्न सबै संवेदनशील हुन आग्रह पनि गरे। उनले नेपाल भौगोलिक, धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक विविधता हुनु नेपालका लागि सम्पदा रहेको उल्लेख गरे।

उनले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानहरुलाई सरकारले राहत दिने पनि बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.