हवाइ इन्धनको मूल्य बढाएकोमा वायुसेवा सञ्चालक संघको आपत्ति

हवाइ इन्धनको मूल्य बढाएकोमा वायुसेवा सञ्चालक संघको आपत्ति

१४ कार्तिक, काठमाडौं ।

हवाइ इन्धनको मूल्य बढाएकोमा वायुसेवा सञ्चालक संघले आपत्ति जनाएको छ।

संघले आइतबार एक विज्ञप्ति जारी गर्दै इन्धनमा भएको मूल्यवृद्धिको विरोध गरेको हो । नेपाल आयल निगमले शुक्रबार हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढाएको थियो। यस्तै, डिजेल र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो ।

निगमको यो निर्णयसँगै आन्तरिक वायुसेवालाई अत्यधिक व्ययभार पर्न जाने संघले जनाएको छ।

आगामी दिनमा यस्ता निर्णय गर्नुअगावै सरोकारवालासँग परामर्श लिन पनि निगमलाई संघले माग गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.