यू–२३ एसियन कप छनोट : लेबनानसँग नेपालको फराकिलो हार

यू–२३ एसियन कप छनोट : लेबनानसँग नेपालको फराकिलो हार

१४ कार्तिक, काठमाडौं ।

एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपालले फराकिलो हार बेहोरोको छ। आइतबार ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल लेवनानसँग ४–० ले पराजित भयो ।

४ टिम सहभागी छनोटको समूह बीमा रहेको नेपालको लागतार तेस्रो फराकिलो अन्तरको हार हो । यसअघि नेपालले इरानसँग ४–० र आयोजक ताजकिस्तानसँग ६–०ले पराजित भएको थियो ।

लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे भने मोहमद नासिर र मोहमद हैदरले एक गोल गरे । २६औं मिनेटमा फरानको गोलमा लेबनानले सुरुआती अग्रता लियो ।

पहिलो हाफमा १ गोल गरेको लेबनानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । ४७ औं मिनेटमा फरानले नै गोल गरेपछि लेबनानले २–०को अग्रता लियो। ७४औं मिनेटमा मोहमद नासिर र ८२औं मिनेटमा र्हदरले गोल गरेपछि लेबनानले ४–०को जित निकाल्यो ।

प्रतियोगितामा लेबनानको यो पहिलो जित हो । समूह बीमा लेबनान तेस्रो स्थानमा रहँदा अंकबिहीन नेपाल पुछारमा रह्यो । शीर्ष दुईमा रहेका आयोजक ताजकिस्तान र इरानको समान ६ अंक छ । आजै हुने यी दुई बीचको विजेता एसियन कपका लागि छनोट हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.