१५ कात्तिक, काठमाडौँ ।
न्यायाधीशहरूको आइतबारको बैठकले प्रधानन्यायाधीश जबरासँग सोमबार(आज) पनि छलफल गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने पुरानो अडान कायमै राखेका सर्वोच्चका न्यायाधीशहरू उनको धारणा बुझेपछि सोमबार थप रणनीति बनाउने पक्षमा देखिएका छन् ।
प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने भन्दै अघोषित रुपमा इजलास बहिस्कार गर्दै आएका सर्वोच्चका अरू न्यायाधीशहरू आज पनि इजलास छाडेर आन्तरिक छलफलमा बसेका थिए ।
सर्वोच्चका न्यायाधीशहरू इजलासमा नबसेपनि प्रधानन्यायाधीश जबराले भने आइतबार आफ्नो एकल इजलासमा मुद्दाको सुनुवाइ गरेका छन् ।प्रधानन्यायाधीश जबराले गठन गरेको १२ इजलासमध्ये आफ्नो एकल इजलासमा दुई वटा मुद्दाको सुनुवाइ गरेका हुन्
न्यायाधीशहरूको अघोषित इजलास बहिस्कारका कारण प्रधानन्यायाधीश जबराको एकल इजलासबाहेक उहाँसहितको एउटा संयुक्तसहित ११ वटा इजलासमा भने मुद्दाको सुनुवाइ भएन । सर्वोच्चमा आइतबारका लागि गठन गरिएको १२ इजलासमा २ सय ४८ मुद्दाको पेशी तोकिएको थियो ।