अध्यक्ष ओली चितवन जाँदै, माडीको अयोध्याधाम पनि पुग्ने

अध्यक्ष ओली चितवन जाँदै, माडीको अयोध्याधाम पनि पुग्ने

१५ कात्तिक, काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन चितवन जान लागेका अध्यक्ष ओली त्यहाँ दुई दिन बस्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए।

पाण्डेका अनुसार ओली सडक मार्ग हुँदै चितवन जान लागेका हुन् । उनले दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

चितवन बसाइँको ओलीले केन्द्रीय महाधिवेशन स्थल नारायणी नदी किनारको अवलोकन तथा केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्द्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।

उनले आजै एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको समेत उद्घाटन गर्नेछन्। अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्र हुने सौराहा क्षेत्रको समेत अवलोकन गर्ने कार्यक्रम रहेको पाण्डेले बताए।

चितवन बसाइँकै क्रममा ओली माडी अयोध्याधाम समेत पुग्नेछन्। अध्यक्ष ओलीसँगै एमाले स्थायी समिति सदस्यद्वय रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डेलगायत केन्द्रीय नेतासमेत चितवन जाँदै छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.