सर्वोच्चमा सोमबार बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ, तोकिए ६ इजलास

सर्वोच्चमा सोमबार बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ, तोकिए ६ इजलास

१५ कार्तिक, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बन्दी प्रत्यक्षीकरणका रिटमा मात्र इजलास तोकेका छन्।

प्रधानन्यायाधीश राणले सोमबारका लागि ६ वटा इजलास बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि सुनुवाइका लागि तोकेका हुन् ।

असन्तुष्ट न्यायाधीशहरुले अन्य मुद्दाको सुनुवाइ नगर्ने अडान राखेकाले प्रधानन्यायाधीश राणाले सोही अनुरुपमात्र इजलास तोकेका हुन्।

सअघि आइतबार न्यायाधीशहरूको बैठकले सपना मल्ल प्रधान, अनिल सिन्हा र मनोज शर्मा सम्मिलित वार्ता टोली गठन गरेको थियो। हिजोको वार्तापछि उनी सकारात्मक रहेका थिए।

यसअघि गत सातादेखि न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका थिए। यसअघि न्यायाधीशहरूको हिजो सम्पन्न बैठकले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने निर्णय गरेको थियो।

आफूहरुले भने अनुसारक्रै पेसी सूची आएको बताउँदै न्यायाधीशहरूले यसलाई सकारात्मक भनेका छन्। इजलास सुरु गर्ने वा नगर्ने भन्नेबारे भने सामूहिक छलफलपछिमात्र टुंगो लगाइने बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.