देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन सरकार प्रतिबद्ध : मन्त्री कार्की

देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन सरकार प्रतिबद्ध : मन्त्री कार्की

१५ कार्तिक, काठमाडौं ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन प्रतिबद्ध रहेको बताएका छन् ।

सुनसरीको बराहाक्षेत्र नगरपालिका–७ मा सोमबार नेपाली कांग्रेस बराहाक्षेत्र नगर कार्य समितिले आयोजना गरेको कोशी पीडित सुकुम्वासी तथा अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले सो विचार व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको प्राथमिकता विकासको सिर्जना गरेर समृद्धिको बाटोतर्फ अग्रसर गराउने भएकाले त्यसतर्फ अहिलेको सरकार बचनबद्ध र प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

बैदेशिक लगानी भित्र्याएर स्वदेशको पुँजीलाई परिचालन गर्दै देशमा रहेको बेरोजगारीलाई अन्त्य गरेर जनताको आर्थिक जीवनस्तर उकास्नुपर्नेमा जोड दिँदै उहाँले विकास निर्माण गर्ने विषयमा पनि सबै एकै ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए ।

‘आस्थाका आधारमा जो जुनसुकै पार्टीमा भए पनि विकास निर्माणका लागि सबै एक ठाउमा उभिनुपर्छ’, उनले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.