माटोको दियोले बजार पाएपछि व्यवसायी खुसी

माटोको दियोले बजार पाएपछि व्यवसायी खुसी

१६ कार्तिक, सुनसरी ।

सुनसरीको इनरुवा नगरपालिका २ का झमेली पंडितले तिहारका लागि बनाएको माटोको दियोले बजार पाएपछि खुसी व्यक्त गरे ।

तिहार नजिकिनुभन्दा एक महिना अघिबाटै माटोको दियोसहित कलश र माटाको भाँडा बनाउनमा व्यस्त बनेको उहाँ बजारमा दर्जनको ३० रुपियाले दियो विक्री गर्न पाएकोमा खुसी भएको बताए ।

पंडितले सोमबारे हाटमा पाँच हजार दियो विक्रि गरेको सुनाउँदै गतवर्ष कोरोनाले हाट बन्द भएको र यसपाली हाटमै बेच्न पाएपछि आफू खेशी भएको बताए ।

पण्डितजस्तै पानवनी पंडितले पनि आफूले बनाएको दियोले बजार पाएपछि सिजनमा १५ हजार रुपियाँ आम्दानी भएको बताए । इनरुवासहित सुनसरीका बिभिन्न गाउपालिका र नगरपालिका क्षेत्रमा कुम्भकार (पंडित) समुदायका मानिसले माटोको भाँडा बनाउने काम गर्दैआएकोमा प्लास्टिकको सामग्री प्रयोग भएपछि माटोको भाँडो संकटमा पर्दैआएको छ ।

भाँडो र दियो कलश धार्मिक तथा सांस्कृतिक पर्व तिहारमा प्रायःले दियो प्रयोग गर्ने भएकाले माटोको दियो र कलशले बजार पाएको रमेश पंडितको भनाइ छ ।

तिहार र छठमा आवश्यक पर्ने माटोको भाँडोसहित दियो र कलश लगायतका माटोको भाँडाको बजारमा माग बढ्दै गएको उनले बताए । यसपाली सामानको उचित मूल्य पाएको पनि बताए । कुम्हार समुदायका मानिसले कालो अर्थात कुमाले माटो ल्यएर दियो र कलश लगायतका सामग्रीहरु बनाएर बजारमा बेच्ने गरेका छन् ।

इनरुवा नगरपालिका २ का जितन पण्डितले वर्तमान अवस्थामा कुम्भकारको पेशा संकटमा रहेको बताउँदै चाडपर्व नहुने हो भने हातमुख जोड्न समस्या हुने चिन्ता व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.