टी–ट्वान्टी विश्वकप : इंग्ल्यान्ड सेमिफाइनलमा

टी–ट्वान्टी विश्वकप : इंग्ल्यान्ड सेमिफाइनलमा

१६ कार्तिक, काठमाडौं ।

इंग्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सारजाहमा सोमबार राति सम्पन्न खेलमा श्रीलंकालाई २६ रनले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो।

इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रनमा समेटियो।

श्रीलंकाका लागि वाविन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३४ रन बनाउँदा कप्तान डसुन शनकाले २६ रन जोडे।
यस्तै भानुका राजपाक्षेले २६, चारिथ असलंकाले २१ तथा अभिस्का फर्नान्डाले १३ रन बनाए।

इंग्ल्यान्डका आदिल राशिद, मोइन अली र क्रिस जोर्डनले समान २÷२ तथा लियाम लिभिङस्टोन र क्रिस वोक्सले १÷१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो।
इंग्ल्यान्डका जोस बट्लरले अविजित १ सय १ रन बनाए। उनी जारी विश्वकपमा शतक बनाउने पहिलो खेलाडी बने।

यस्तै कप्तान इयान मोर्गनले ४० रन बनाउँदा जासन रोयले ९, डाविड मालनले ६ तथा मोइन अलीले अविजित १ रन बनाए।

श्रीलंकाका वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए।

जितसँगै समूह ए मा रहेको इंग्ल्यान्डले ४ खेलबाट ८ अंक जोडेको छ। अपराजित इंग्ल्यान्डले एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो।

यसअघि इंग्ल्यान्डले वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो। श्रीलंकाको भने यो तेस्रो हार हो। समान चार खेल खेलेको श्रीलंका २ अंकसहितर चौथो स्थानमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.