२७ बैंकको नाफा १८ अर्ब

२७ बैंकको नाफा १८ अर्ब

१६ कार्तिक, काठमाडौँ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकहरूले नाफामा राम्रै फड्को मारेका छन्। सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २३ ले नाफा बढाउन सफल भए ।

बाँकी ४ ओटा बैंकको नाफा वृद्धिदर भने घटेको छ। यद्यपि गत आवमा १९ बैंकको नाफा वृद्धिदर घटेकोमा चालु आवको पहिलो त्रैमासमा भने झण्डै दुई दर्जन बैंक नाफामा छलाङ मार्न सफल भए ।

वाणिज्य बैंकहरूको आर्थिक वर्ष २०७८÷७९को पहिलो त्रैमासमा नाफा वृद्धिदर औसत ३६ प्रतिशत बढेको छ। यद्यपि गत आवको सोही अवधिको तुलनामा भने कुल नाफा २४ प्रतिशतले बढेको हो।

यसरी नाफा बढ्दा २७ वाणिज्य बैंकले १८ अर्ब ११ करोड ७३ लाख रुपैयाँ कमाएका छन्। गत आवको सोही अवधिमा बैंकको नाफा वृद्धिदर औसत २० दशमलव ५७ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँले घटेको थियो।

वाणिज्य बैंकमध्ये एनआईशी एसिया, नबिल, ग्लोवल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले १ अर्ब रुपैंयाँभन्दा बढी नाफा कमाउन सफल भएका छन्।

यो अवधिसम्म सबैभन्दा बढी नाफा एनआईसी एशिया बैंकले कमाएको छ। उसले असोजसम्ममा १ अर्ब १८ करोड रुपैयाँ हाराहारीमा नाफा गर्न सफल भएको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.