कर्णालीमा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान, आज साँझ ७ः३० सम्म समय

कर्णालीमा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान, आज साँझ ७ः३० सम्म समय

१६ कार्तिक, काठमाडौं ।

कर्णालीका प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरेका छन्।

उनले मुख्यमन्त्रीको राजीनामा स्कीकृत गर्दै आज (मंगलबार) साँझ ७ ः३० बजेसम्म मुख्यमन्त्री दाबी गर्नसमेत आह्वान गरेका छन्।सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उनले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका हुन्।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ठ बहुमत नरहेकाले मुख्यमन्त्री कलौनीले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नेसक्ने प्रदेश सांसदलाई सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

कर्णालीमा नेकपा माओवादी केन्द्र नेतृत्व सरकारका मुख्यमन्त्री शाहीले गठबन्धनको अर्को दल नेपाली कांग्रेसलाई सरकार गठन गर्नका लागि राजीनामा दिएका हुन्।

सरकारको नेतृत्व छाडेको माओवादी केन्द्र समेतको समर्थनमा अब नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीबन बहादुर शाही मुख्यमन्त्री बन्ने जनाइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.