१६ कात्तिक, काठमाडाैँ ।
नेपाली कांग्रेस प्रदेश सभा दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गरेका छन्। मुख्यमन्त्रीका लागि उनले आजै दिउँसोसम्म दावी पेश गर्ने छन् ।
मुख्यमन्त्रीमा दाबी पेश गर्न चाहिने कागजी दस्तावेज तयार गर्ने काम भईरहेको कांग्रेस प्रदेशसभा दलका सचेतक हिमबहादुर शाहीले बताए।
माओवादीका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसका जीवन शाही नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मंगलबार बेलुका साढे ७ बजेभित्र मुख्यमन्त्रीको लागि दावी पेश गर्न आह्वान गरेका छन्। सत्ता गठबन्धनबाट साहीलाई साझा उम्मेद्धार बनाउन लागिएको हो
नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थन उनलाई हुने छ । सचेतक शाहीका अनुसार आजै मुख्यमन्त्रीको सपथ हुनेछ ।रासस