प्रशिक्षक अल्मुताइरीले गरे तीन वर्षे सम्झौतामा हस्ताक्षर

प्रशिक्षक अल्मुताइरीले गरे तीन वर्षे सम्झौतामा हस्ताक्षर

१६ कात्तिक, काठमाडौं ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच तीन वर्षे सम्झौता भएको छ ।अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन् ।

साफ च्याम्पियनसिपअघि नेपाल छाडेका प्रशिक्षक गत साता नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरी उक्त सम्झाैताबारे जानकारी दिइएकाे हाे । पत्रकार सम्मेलनमा मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीका टिम व्यवस्थापक मधुसुदन उपाध्यायले नेपालको जर्सीसहित उनीसँग २०२४ सम्मका लागि सम्झौता भएको जानकारी दिए ।

नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झैतापछि आफू खुसी भएको बताउँदै अब्दुल्लाहले आफ्नो कार्ययोजना समेत पत्रकार सम्मलेनमार्फत पेस गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.