नेपाली वस्तुको बिक्री प्रवद्र्धनका लागि भारतीय उद्यमीसँग अन्तरक्रिया

नेपाली वस्तुको बिक्री प्रवद्र्धनका लागि भारतीय उद्यमीसँग अन्तरक्रिया

१५ कात्तिक, विराटनगर ।

नेपाली युवा उद्यमीमञ्च विराटनगर च्याप्टर र भारतीय युवा उद्यमी सिलिगुडी भारतबीच दुई देशको व्यापार विस्तार र प्रवद्र्धनका लागि मैत्रीपूर्ण भेट तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

झापाको विर्तामोडमा शनिबार र आइतबार भएको कार्यक्रम मुलतः नेपाल–भारतको व्यापार प्रवद्र्धन र नेपाली वस्तुको बिक्रीका लागि कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको कार्यक्रम संयोजक उकेश अग्रवालले बताए । युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका उपाध्यक्ष शुभम् भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतीय युवा उद्यमीकाअध्यक्ष लेखराम नोलिवाला लगायत दुई देशका ६० जना उद्यमीहरुको सहभागिता थियो ।

दुई संस्था बीच दुई देशको व्यापार विस्तारका लागि आगामी दिनमा पनि यस खालका कार्यक्रमहरु गर्दै जाने सम्झौता पनि भएको कार्यक्रम संयोजक अग्रवालले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.