NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

एकीकृत समाजवादीद्वारा ७४ जिल्लामा कार्यसमिति विस्तार

मङ्लबार कार्तिक १६ , २०७८
Reading Time: 1 min read
A A
वाग्मतीमा एमालेका ११ सांसद्‌ले रोजे नेकपा (एस)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१६ कात्तिक, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७४ जिल्लामा कार्यसमिति विस्तार गरेको छ । दार्चुला, मनाङ र मुस्ताङमा समिति विस्तार हुने क्रममा छ । आगामी मङ्सिरभित्रमा सबै जिल्लामा समिति विस्तार हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीले सबै जिल्लामा सात सदस्यीय समितिमा गठन गरेको छ । ती समितिमा अध्यक्षको नेतृत्वमा दुई उपाध्यक्ष, एक सचिव र तीन उपसचिवको व्यवस्था गरिएको छ । प्रदेश तथा स्थानीय कमिटीका सात पदाधिकारीमध्ये कम्तीमा एक महिला हुनुपर्नेछ ।

पार्टीले गत असोजमा २४ बुँदे तत्कालीन कार्ययोजना पारित गरी देशभरका पार्टी कमिटी तथा सङ्गठनलाई अन्तरपार्टी निर्देशन दिएको छ । उक्त कार्ययोजनामा आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, सङ्घीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडामा पार्टी कमिटी गठन गरिसक्ने निर्देशन छ ।

त्यसअन्तर्गत जनसङ्गठनका कमिटी पनि पर्दछन् । सोही अभियानअन्तर्गत ‘एक वडा एक सय सङ्गठित सदस्य र एक हजार पार्टी सदस्य’ अभियान सञ्चालन गरिएको छ । प्रत्येक जिल्लामा समन्वय कमिटी समेत निर्माण गरिएको छ । प्रत्येक वडामा एक सय सङ्गठित सदस्य र एक हजार पार्टी सदस्य बनाइने छ । सक्रिय सदस्यलाई एकताबद्ध गरी सङ्गठित सदस्यमा समावेश गरिने छ भने पार्टीका समर्थक तथा निष्क्रिय सदस्यलाई पार्टी सदस्यमा एकीकृत गरिने नीति छ ।

उक्त समितिअन्तर्गत सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्र निर्माण गरिएको छ । विविध कारणले पार्टीमा सनाखत गरी आउन असमर्थ देखिएका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउन, सहयोगी बनाउन तथा मित्रवत् वातावरण निर्माण गर्न पहल गर्नेसहितका विषय तत्कालीन कार्ययोजनामा समावेश गरिएको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए ।

पार्टीको केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकले विभिन्न मापदण्डका आधारमा ३३५ केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टीले निर्माण गरेको मापदण्डअनुसार केन्द्रीय कमिटीका पूर्वसदस्य (एमालेकालीन), नेकपा हुँदाको केन्द्रीय कमिटीका सदस्य, नवौं महाधिवेशनमा केन्द्रीय कमिटी/आयोग सदस्यका उम्मेदवार बनेका, राष्ट्रिय प्रतिनिधि परिषद्का पूर्वसदस्य, जिल्ला कमिटीका प्रमुख भइसकेका, महिलाको हकमा जिल्ला कमिटी सदस्य भएकासम्म र विभिन्न जनसङ्गठनका केन्द्रीय पदाधिकारी भएकामध्येबाट केन्द्रीय सदस्य मनोनयन गरेको छ ।

प्रदेश कमिटीको संयोजनमा जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जबीच सङ्घीय र प्रदेश निर्वाचन क्षेत्र हेर्ने गरी जिम्मेवारी बाँडफाँट गरेर कार्य विभाजन गरिएको पोलिटब्यूरो सदस्य दीलुकुमारी पन्तले जानकारी दिइन् । विभिन्न जनवर्गीय सङ्गठन गठन गर्ने क्रम पनि जारी छ ।

केन्द्रीय कमिटीका हरेक सदस्यले पार्टी सदस्यता वितरण र सङ्गठन निर्माणको विशेष योजना बनाएर काम गर्ने र प्रत्येक महिना आपूmले गरेको कामको लिखित रिपोर्ट पार्टी केन्द्रमा बुझाउनु पर्नेछ । उपरोक्त कामको आधारमा केन्द्रीय कमिटीका सदस्यको मूल्याङ्कन हुनेछ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, केन्द्रीय सचिवालय तथा महासचिव डा बेदुराम भुसालसमेतका वरिष्ठ नेता रहेको केन्द्रीय कार्यालय गठन गरी पार्टीले राजनीतिक गतिविधि अगाडि बढाएको छ । शिवबहादुर देउजाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय अनुशासन आयोग, भरतकुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय लेखापरीक्षण आयोग, माधव पौडेलको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् गठन गरिएको छ । उक्त परिषद्मा सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने छ । त्यस्तै सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ ।

पार्टीको केन्द्रीय निकायका रूपमा केन्द्रीय परिषद् गठन गरिने भएको छ । उक्त परिषद्मा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी तथा सदस्य र जिल्ला कमिटीका अध्यक्ष रहनेछन् ।

ती निकायमा हरेक निर्वाचन क्षेत्रका आधारमा आउने सङ्ख्यामा कम्तीमा एक तिहाइ महिला सदस्य हुनुपर्ने छ । हरेक जनसङ्गठनबाट सम्बन्धित सङ्गठनमा रहेको सङ्गठित सदस्य सङ्ख्याको अनुपातमा प्रतिनिधित्व हुनुपर्ने र खुला रूपबाट पनि केही सङ्ख्याका सदस्य समावेश गरिने भएको छ । केन्द्रीय कमिटीले केन्द्रीय परिषद्का सदस्यलाई आवश्यकतानुसार विभिन्न फाँट तथा जिल्लाको सह–इञ्चार्जको जिम्मेवारी दिन सक्नेछ । यसैगरी केन्द्रीय परिषद्का सदस्य प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी पनि ती निकायमा रहन सक्नेछन् । केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चमा अध्यक्ष उपाध्यक्ष र सचिव पदाधिकारी रहनेछन् ।रासस

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.