जाजरकोटको झुल्केडाँडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

जाजरकोटको झुल्केडाँडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१७ कार्तिक, काठमाडौं ।

नलगाड नगरपालिका–५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा नलगाड–५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीको ज्यान गएको हो ।

नलगाड–८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.