NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

माडीको अयोध्यापुरी पुगेर ओलीले सुनाए राम जन्मभूमिको यस्तो तथ्य

बुधबार कार्तिक १७ , २०७८
Reading Time: 1 min read
A A
माडीको अयोध्यापुरी पुगेर ओलीले सुनाए राम जन्मभूमिको यस्तो तथ्य
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ कार्तिक, चितवन ।

आफ्नै निर्देशनमा निर्माण गरिएको राममन्दिरको नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार स्थलगत अवलोकन गर्नुका पूजाअर्चना गरे । ओलीले माडी नगरपालिका–९ अयोध्यापुरी नै रामजन्म भूमि भएको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिपछि कतिले उनको समर्थन गरे भने कतिले उनको आलोचना गरे । सरकार टिकाउनकै लागि ओलीले भारतविरोधी अभिव्यक्ति दिएको कतिपयको भनाइ थियो ।

Advertisement

आलोचनाका बीच गएको राम नवमीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गरिएको थियो । ओलीले भने रामजन्म भूमि माडीको अयोध्यापुरी नै भएको बताउँदै आएका छन् ।

मंगलबार राम मन्दिरमा पूजाअर्चना गरेका ओलीले राम जन्मभूमिको तथ्य बताउन झण्डै १५ मिनेट खर्चिए । भारतमा अहिले भनिँदै आएको अयोध्यालाई धेरै वर्ष पहिलासम्म फैजावाद भनिने गरिएको र वास्तविक अयोध्या माडीको अयोध्यापुरी नै भएको उनले बताए । यसबारे उनले आफुले प्राप्त गरेको तथ्य यसरी सुनाए–

डेढ सय वर्ष अगाडिबाट फैजावादलाई अयोध्या भन्न थालियो । भारतको अध्योध्यालाई रामजन्मभूमि भनेर आमरुपले विश्वास गरेको ठाउँ बन्न पुग्यो । त्यो चाँहि अयोध्यापुरी नभएर फैजावाद रहेछ ।

अयोध्यापुरी कहाँ हो त ? मैले अध्ययन गर्न थालेँ । जनकपुर, वाल्मीकि आश्रम, सिता अन्र्तध्यान भएको देवघाट आदि ठाउँ । यहाँका नदीनालाका नाम । यहाँको स्थान र यी सबै उपलब्ध खोजको अध्ययन गर्दै जाँदा यो ठाउँ नै राम जन्मभूमि अयोध्यापुरी भएको मैले निष्कर्ष निकालेँ ।

भानुभक्तको २०७औँ जन्मजयन्तिका दिन मैले राम जन्मभूमि नेपालमा हो भनेको थिए । वीरगञ्जबाट पश्चिम, ठोरी वा ठोरीको आसपास जहाँ अयोध्या भनिन्छ । त्यहीँ ठाउँमा पर्छ । अयोध्या त्रेतायुगसँग सम्बन्धित, दशरथको रामको समयसँग सम्बन्धित अनेक कुराहरु यहाँ उपलब्ध छन् ।

ती प्रमाणसँगै शास्त्रमा वर्णन गरेका कुराहरु । विश्वामित्र ऋषि कोसी नदी तरेर पश्चिमतिर आएर राम लक्ष्मणलाई शिक्षादिक्षा दिए भन्ने कुरा, त्यो पश्चिम कता हुनुपर्छ ? रामले अस्वमेद यज्ञका लागि छोडेको घोडा पश्चिमतर्फ गयो र वाल्मीकि आश्रममा लवकुशले समाते । उहाँ फैजावादवाला अयोध्या, उहाँबाट पश्चिमतिर छोड्दा त दिल्लीतिर पो जान्छ । यहाँ कता वाल्मीकि आश्रममा ?

त्यति छिटो त्यो घोडा वाल्मीकि आश्रममा आइपुग्दैन, जति समयमा यहाँ लवकुशले घोडा समातेका छन् । अयोध्यापुरीबाट पश्चिमतिर गयो, पश्चिमतिरै समातियो, वाल्मीकि आश्रममा । लवकुशले समाते ।

त्यहाँ लवकुशले घोडा समाते भन्ने कुरा तुरुन्तै अयोध्यामा खबर आयो र घोडा छोडाउनका लागि अयोध्याबाट खबर हुँदाखेरी उनीहरुले तेजस्वी उजस्वी खालका कुरा गरे । र त्यहाँ जाँदा खास खालका युवाहरु देखेपछि त्यसका पछाडि खास कारण हुनुपर्छ भन्दा ती रामका छोरा, वाल्मीकिका शिष्य, सीताले हुर्काएका छोरा भएको हुनाले घोडा समात्न सके ।

घोडा छोड्न आदेश दिँदा लड्न आउनुपर्छ भनेर जुन चुनौती दिए उनीहरुले । त्यसबाट बाबु छोराको भेट हुने र साधारण रहेनछन् भन्ने कुरा राम लक्ष्मणले समेत स्वीकार्नु पर्ने स्थिती बन्यो । राम र सीतालाई वाल्मीकिले मिलाउन खोज्दा, सीता भएका ठाउँमा राम जान तयार नभएका । र आफुलाई निकालिएको घरमा सीता गएर वार्ता गर्न तयार नभएकी । त्यस्तो अवस्थामा बीचको ठाउँमा वार्ता गर्ने भनेर वार्ताका लागि देवघाटलाई छानेर वाल्मीकिले रामलाई बोलाए ।

उहाँ (फैजावाद)को रामलाई यहाँ देवघाट बोलाउने कुनै अर्थ हुँदैन । यहीँ (माडी अयोध्यापुरी)को रामलाई देवघाट बोलाएको हो । अलिक अगाडि देखि भन्दै आएको थिए कि राम नेपालीका छोरा हुन् । त्यतिबेला नेपाल थियो तर भारत देश थिएन । साना राजा रजौटाहरु थिए ।

पुत्रिष्ठि यज्ञ गराउँदाखेरी गुल्मि रिडीका पण्डित सिरिङ्ग ऋषिलाई आमन्त्रण गरेर उनले नै यज्ञ लगाएर दशरथका चार सन्तान भएका थिए । राम, लक्ष्मण, भरत र सत्रुगण ।

रामका बुबाको नाम नेमी थियो । त्यतिबेला थर लेख्ने चलन थिएन । तर दश वटा रथ भएको हुनाले उनलाई दशरथ भनिन्थ्यो । त्यतिबेला राजाहरुसँग एउटा रथ पनि हुँदैनथ्यो ।

दश वटा रथ हुने भनेको असाधारण र सम्पन्नशालि राजा मानिन्थ्यो । यी सबै तथ्यले, आजभन्दा चार हजार वर्ष अगाडि यसै ठाउँमा राम, लक्ष्मण, भरत र सत्रुगणको जन्म भएको थियो । यहाँ अयोध्यापुरीमा भएको थियो । अयोध्यापुरी नै राजा दशरथको राजधानी थियो ।

यहाँबाट देवघाट र वाल्मीकि आश्रम नजिकै । जनकपुरमा जनक राजाले आफ्नी छोरीको स्वयम्बर बलशाली युवासँग गराउने भएछन् भन्ने सुनेपछि ‘हामी पनि जाउँ’ भनेर लक्ष्मणले रामलाई लिएर गए । त्यसरी बलशाली राम गएर परशुरामले ल्याएर राखेको शिवको धनुको धाँदो तान्ने बित्तिकै धनु भाँचियो ।

त्यसपछि सीतको स्वयम्बर त्यहाँ भयो रामसित । उहाँ (भारत)को अयोध्याबाट त्यो सम्भव देखिँदैन । त्यतिबेला प्रतापि राजा महाराजाहरुको बसोबास यसै क्षेत्रमा हुन्थ्यो ।

राम जन्मभूमि यहिँ हो भन्ने भएपछि मात्रै आफुले राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति बनाएर पठाएको उनले बताए । काठमाडौँमा निर्माण गरिएका मूर्ति गएको रामनवमीमा शोभा यात्रासहित माडी अयोध्यापुरी लगेर अस्थायी मन्दिरमा स्थापना गरिएको हो ।

माडीमा राम मन्दिर निर्माण भएपछि सोहि निर्वाचन क्षेत्र भएका पुष्पकमल दाहाल प्रचण्ड आत्तिएको उनले टिप्पणी गरे । चार वर्षअघि चुनावका बेला माडीलाई मणी बनाउँछु भनेको स्मरण गर्दै उनले भने–‘अब त म होइन, राम नै फर्किर आइसक्नु भो । माडीलाई मणि बनाउन । अब मणि बन्दैन ?’

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.