१७ कात्तिक, काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि आफू बाहेकका ९ वटा इजलास गठन गरेका छन्।
प्रधानन्यायाधीश राणाले तोकेका सवै इजलासमा बन्दी प्रत्येक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुनेछ। यसअघि सोमबार र मंगलबार पनि प्रधानन्यायाधीश राणाले आफू बाहेकका इजलास गठन गरेका थिए।
प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै सर्वोच्चका न्यायाधीशहरुले दबाब दिइरहेका छन्। प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनरत न्यायाधीशहरुले तिहारपछि आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेका छन्।
राणाविरुद्ध नेपाल बार एसोसिएसन पनि आन्दोलनमा उत्रिएको छ। मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतको विषयले राणा विवादमा परेका थिए।