सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु

१७ कात्तिक, काठमाडौँ ।

सर्वोच्च अदालतको नौ इजलासमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु भएको छ । एक सातामा सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर मङ्गलवार बन्दीका मुद्दामा पनि सुनुवाइ हुन सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणका ती इजलास तोकेका थिए । ती मध्ये छ संयुक्त र तीन एकल छन् । इजलासमा सुनुवाइ समेत सुरु भइसकेको छ ।

सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि आज बन्दी प्रत्यक्षीकरणको मुद्दामा पेसी तोक्नुभएको छ र सुनुवाइ पनि सुरु भइसकेको छ।

गत आइतबार मध्याह्नदेखि न्यायाधीशहरुले विभिन्न माग राख्दै सुनुवाइ गर्न इन्कार गरेका थिए । यही कात्तिक ८ गते सोमबारदेखि मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको थियो । सर्वोच्च अदालतमा भएको मुद्दाको सुनुवाइ प्रभावित भएको आज नौ दिन पुगेको छ ।

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । यसले गर्दा पालोमा टाढा टाढाबाट आएका सेवाग्राहीहरू मर्कामा परेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.