मन्त्री रामकुमारी झाँक्री डिस्चार्ज, केही दिन भेटघाट नगर्ने

मन्त्री रामकुमारी झाँक्री डिस्चार्ज, केही दिन भेटघाट नगर्ने

१८ कार्तिक, काठमाडौं ।

सहकारी विकास मन्त्री एवं नेकपा (एकीकृत) समाजवादीकी नेतृ रामकुमारी झाँक्री डिस्चार्ज भएकी छन् ।

छातिमा निमोनिया संक्रमण भई एक सातादेखि वीर अस्पतालमा उपचाररत झाँक्री बुधबार साँझ डिस्चार्ज भएकी हुन् ।

झाँक्रीले आफूलाई संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको अनुरोध गरेकी छन् ।

उनले आफ्नो उपचारमा संग्लग्न चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, मेरा सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्ने शुभचिन्तकलाई धन्यवाद पनि दिएकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.