किसानको धान खेतमै नष्ट, सरकारी राहत अझै पुगेन

किसानको धान खेतमै नष्ट, सरकारी राहत अझै पुगेन

१८ कात्तिक, रौतहट।

कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा भित्राउन लागिएको धानबाली नष्ट भएको हो ।

काटेर भित्राउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको अनुमानित १ हजार १३० हेक्टर जमिनको धान नष्ट भएको बताएको छ । त्यस्तै १ हजार २ हेक्टर जमिनमा लगाएको धान हावाहुरी र पानीको कारण उत्पादन लिन नसकिने गरी क्षति भएको छ । केन्द्रका अनुसार बाला लाग्ने बेला भएको ८ सय २५ हेक्टर जमिनमा लगाएको धान पूर्ण रुपमा नोक्सान भएको छ । जिल्लामा यसपाली ३५ हजार ५ सय ३५ हेक्टर जमिनमा धान खेती गरिएकोमा कुल ८ दशमलव १८ प्रतिशत जमिनमा लगाइएको धानमा नोक्सानी पुगेको कृषि ज्ञान केन्द्र रौतहटको तथ्यांक छ । पीडित किसानहरुले आफुहरुले लगाएको सम्पूर्ण धानबाली नष्ट भएकोमा दुखेसो गर्दै सरकारसँग क्षतिपूर्ति माग गरेका छन् । सरकारले किसानको समस्यालाई समाधान गरे जिविकोपार्जनमा सहज हुने उनीहरुको भनाई छ ।

केहीदिन अघिदेखिको अविरल वर्षाका कारण नेपालको तराई तथा पहाडी भु–भागमा भित्राउन तयारी अवस्थामा रहेका धानबाली नष्ट भएका छन् । सरकारले किसानलाई राहत दिने घोषणा गरेको भएपनि हालसम्म किसानले कुनैपनि राहत नपाएको किसानहरुले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.