१८ कात्तिक, विराटनगर ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अवसरमा मनोरञ्जनका लागि राठी केवलले विराटनगरमा देउसीभैलो कार्यक्रम आयोजना गरेको छ । बिहीबार लक्ष्मीपूजाको अवसरमा राठी केवलले देउसीभैलो गर्नुका साथै कार्टुन जस्तो बनाएर स्थानीय कलाकारहरुलाई विराटनगर बजार परिक्रमा गराएको छ ।

कोरोना महामारीका कारण मानिसहरुमा उदासिनता छाएकोले थोरै भएपनि खुशीयाली छाउन सकोस् भन्ने उद्धेश्यले यस्तो मनोरञ्जनात्मक कार्यक्रम गरिएको राठी केवलका निर्देशक श्याम राठीले जानकारी दिए ।
राठीको कार्यक्रममा स्थानीयहरु पनि स्वतस्र्फुत रुपमा सहभागी भएका थिए । सो क्रममा राठी केवलले स्थानीयहरुलाई चक्लेट लगायतका मिठाइ पनि वितरण गरेको थियो ।

