नेपाल संवतले नेपालीका बीचमा आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

नेपाल संवतले नेपालीका बीचमा आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

१९ कार्तिक, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।

‘नेपाल संवत् ११४२’ प्रारम्भ भएका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाःले संवत्लाई प्रचलनमा ल्याएको उल्लेख गरेकी छन्।

’साख्वाले कृषिलाई प्राथमिकता दिएको कुरासमेत स्पष्ट हुन्छ। राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित, उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ, ’आदिकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको छ। हाम्रा चाडपर्व र यस खालका असल परम्पराले यसलाई थप सुदृढ बनाउँदै लगेका छन्। सांस्कृतिक एवं भाषिकरूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवद्र्धन गर्ने उत्सवका रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वान गर्दछु।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.