पर्वत अस्पतालमा पत्रकारलाई ४० प्रतिशत छुट

पर्वत अस्पतालमा पत्रकारलाई ४० प्रतिशत छुट

१९ कार्तिक, पर्वत ।

पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिने भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासंघ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि छुटसम्बन्धी सम्झौता भएको हो ।

औषधि महँगो हुने तथा कतिपय परीक्षणको शुल्क बढी लाग्ने भएकाले अस्पतालले खर्च धान्न नसक्ने अवस्था आउने हुँदा औषधिमा छुट दिन नसकिने बताउँदै डा पौडेलले बताए।

अहिलेसम्मको तयारीमा मुटुको जाँच, भिडियो एक्स रे, एक्स रे, रगत परीक्षण, दिसा तथा पिसाब परीक्षण, सामान्य जाँचलगायतमा छुट दिन सकिनेबारेमा छलफल भइरहेको उनले बताए ।

थाइराइड, सुगरलगायत परीक्षण महँगो हुँदा अस्पतालको बजेटले नै धान्न नसक्ने भएकाले ती परीक्षणमा भने छुट नहुने उनको भनाइ छ ।

कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिले पत्रकार र सञ्चारगृहलाई ठूलो असर गरेको बेलामा यही छुटले पनि श्रमजीवी पत्रकारको उपचारमा धेरै राहत हुने विश्वास छ । पत्रकार महासंघ पर्वत शाखामा सदस्य रहेका पत्रकारको संख्या ५४ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.