१९ कार्तिक, टीकापुर ।
पूर्व प्रहरी नायव उपरीक्षक स्वर्गीय हरिहर अधिकारीको स्मृतिमा स्थापित हरिहर प्रतिष्ठानले कैलालीको टीकापुर स्थित प्रस्तावित राष्ट्रिय योग अनुशन्धान केन्द्रलाई सहयोग स्वरुप ५ लाख १ हजार १ सय ११ रु
पैया प्रदान गरेको छ।
अमेरिका निवासी स्व अधिकारीका कान्छा छोरा वासुदेव अधिकारीले उक्त रकम टीकापुर योगाश्रमलाई प
दान गरेका हुन् ।कान्छा छोरा अधिकारीले अमेरिकाबाट पठाएको रकम उनका दाजु तथा स्व हरिहर अधिकारीका जेठा छोरा प्रहरी उपरीक्षक विश्व अधिकारी तथा प्रतिष्ठानका अध्यक्ष ढविन्द्र रावलले आश्रमका संस्थापक एवम महानिर्देशक योग गुरु पृथ्वीराज रावललाई हस्तान्तरण गरेका छन् ।
स्वर्गीय हरिहर अधिकारी
हरिहर प्रतिष्ठानले समाजका विभिन्न सामाजिक क्षेत्रमा सहयोगका काम गर्दै आएको स्व अधिकारीका छोरा एसपी विश्व अधिकारीले जानकारी दिए ।