NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

आइतवार कार्तिक २१ , २०७८
Reading Time: 1 min read
A A
एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ कार्तिक, काठमाडौँ ।

नेकपा (एमाले)ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ ।

एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै तहका कमिटीका पदाधिकारीमा एक महिला र कार्यसमितिमा एक तिहाइ महिलाको प्रतिनिधित्व गराउन थालिएको छ ।

Advertisement

सो पार्टीले आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि एक तिहाइ महिला प्रतिनिधि र केन्द्रीय कमिटीमा सोही अनुपानमा अनिवार्य प्रतिनिधित्व गराउने निश्चित भएको छ ।

एमालेले यही कात्तिक ६ गते वडा र ९ गते पालिकास्तरमा अधिवेशनका लागि मिति तय गरेकामा अधिकांशमा नयाँ नेतृत्व चयन हुँदा विधानको उक्त व्यवस्था कार्यान्वयन भएको छ ।

बाँकी रहेका अधिवेशन यही कात्तिक २५ गतेभित्र सम्पन्न गरिसक्ने तयारी छ भने दशौँ महाधिवेशन आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

नेपालको संविधानले राज्यका हरेक संरचनामा न्यूनतम् एक तिहाइ महिलाको प्रतिनित्वि सुनिश्चित गरेपछि राजनीतिक दलको विधानमा व्यवस्था गरी यसको कार्यान्वयन गर्नेमा सम्भवतः एमाले पहिलो पार्टी बन्दैछ ।

एमालेका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले राज्यका सबै तहमा ३३ प्रतिशत अनिवार्य महिलाको व्यवस्था विश्वका ठूला र विकसित भनिएका संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायतजस्ता मुलुकमा पनि प्रबन्ध नभएको स्मरण गराए ।

नेता थापाले भने, “संविधानमा भएको व्यवस्थालाई पार्टीका हिसाबले हामीले थालनी गर्दछौँ । सामाजिक वस्तुस्थितिको पुनःसंरचनाका दृष्टिले यो कोशेढुङ्गा हो । यसलाई क्रमशः बढाएर ५० प्रतिशतसम्म लैजाने पार्टीको सोच रहेको छ । यसले गर्दा समाजका सबै वर्गमा पार्टीप्रति सकारात्मक सन्देश पैदा भएको छ र अरु पार्टीका लागि पनि यो अनुकरणीय हुन सक्छ ।”

विसं २०६२÷०६३ को लोकतान्त्रिक जनआन्दोलनबाट पुनःस्थापित संसद्मा राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने सङ्कल्प प्रस्ताव एमालेका तत्कालीन नेत्री एवं वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राखेकी थिइन् । उक्त प्रस्ताव पारित भएपछि त्यसले संविधानः प्रबन्धका लागि सहजीकरण गरेको थियो ।

एमालेको वाग्मती प्रदेश कमिटीका सदस्य वृन्दा ढुङ्गानाले पार्टी विधानको उक्त व्यवस्थाले महिलाहरुमा नेतृत्वका लागि उत्साह थपेको बताउँदै अब पार्टीको सङ्गठित सदस्यता पनि ३३ प्रतिशत महिला पु–याउने गरी लागिने जनाइन्।

ढुङ्गानाले आफ्नो गृह जिल्ला नुवाकोटको लिखु गाउँपालिकाको अधिवेशनले कमिटीको अध्यक्षमा महिला प्रतिनिधि दुर्गा पुडासैनी निर्वाचित भएको र अधिकांश वडा तहमा विधानबमोजिम महिला प्रतिनिधित्व भएको जानकारी दिइन् ।

एमालेले दशौँ महाधिवेशनका लागि प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा दुई महिलासहित पाँच जना दरले निर्वाचित प्रतिनिधि हुने व्यवस्था गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका एक हजार २०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जना, सो सङ्ख्यामा ८०० सम्म सदस्य थप भएमा थप एक जना, एक हजार ६०० सम्म सदस्य थप भएमा थप दुई जना, दुई हजार ४०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा प्रतिनिधि तथा तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक महिला अनिवार्य गर्न सर्कुलर गरिएको छ ।

महाधिवेशनले एक तिहाइ महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । महाधिवेशनका प्रतिनिधिको निर्वाचन आगामी कात्तिक २७ गते देशैभरि एकसाथ देहायबमोजिम गरिने जनाइएको छ ।

देशभित्रका विशेष जिल्लाअन्तर्गतका एक हजार २०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले निर्वाचित प्रतिनिधि हुनेछन् । सो सङ्ख्यामा ८०० सम्म सदस्य थप भएमा थप एक जना, एक हजार ६०० सम्म सदस्य थप भएमा थप दुई जना, दुई हजार ४०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित प्रतिनिधि हुनेछन् । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुनेछन् ।

देशभित्रका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने एक जना प्रतिनिधि र सो सङ्ख्यामा ५०० सम्म सदस्य थप भएमा थप एक जना, १००० सम्म सदस्य थप भएमा थप दुई जना, १५०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा दलित प्रतिनिधि निर्वाचित हुनेछन् । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुनेछन् ।

भूगोलका प्रदेशअन्तर्गतका मजदूर पार्टी सदस्यमध्येबाट कम्तीमा तीन महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रनितनिधि, भारत, अमेरिका (क्यानडासमेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित हुने प्रतिनिधिलाई आधार मानिनेछ ।

पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयअन्तर्गत पार्टी सदस्यबाट निर्वाचित हुने कम्तीमा दुई महिलासहित ५ जना प्रतिनिधि रहने छन् ।

विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्नेछन् । स्वदेशका २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधि गरी कूल एक हजार ९९९ प्रतिनिधि रहनेछन् ।

महाधिवेशनको मूल व्यवस्थापन समितिको कार्यालय भरतपुरस्थित जिल्ला पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक १५ गते सम्पर्क कार्यालय शुभारम्भ गरिसकेका छन् ।

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.