सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

२१ कार्तिक, काठमाडौं ।

सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो । बस सडकबाट २ सय मिटर तल खसेको छ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाका अनुसार ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको हो । अहिले घाइते यात्रुको उद्धार भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.