टी२० विश्वकप : अफगानिस्तानले न्युजिल्यान्डलाई दियो १२५ रनको सामान्य लक्ष्य

टी२० विश्वकप : अफगानिस्तानले न्युजिल्यान्डलाई दियो १२५ रनको सामान्य लक्ष्य

२१ कार्तिक, काठमाडौं ।

आईसीसी टी२० विश्वकप २०२१ अन्तर्गत समूह २ को अन्तिम खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई १२५ रन सामान्य लक्ष्य दिएको छ।

शेख जायद स्टेडियम आबुधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तान निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रनमा समेटिएको हो।

अफगानिस्तानका मध्यक्रमका ब्याटर नाजिबउल्लाह जद्रानले सर्वाधिक ७३ रनको इनिङ्स खेले। उनले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए।

उनी अफगानिस्तानबाट टी२० विश्वकपमा एकै इनिङ्समा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन्। यसअघि २०१४ मा हङकङविरुद्ध मोहम्मद शाहजादले ६८ रन बनाएका थिए।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिए। टिम साउथीले २ विकेट लिए। ईश सोधी र जेम्स निशमको नाममा १–१ विकेट रह्यो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.