घोषणा हुँदै एकीकृत समाजवादी निकट प्रेस सङ्गठन

घोषणा हुँदै एकीकृत समाजवादी निकट प्रेस सङ्गठन

२१ कार्तिक, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही कात्तिक २७ गते काठमाडौँमा घोषणासभा गर्ने भएको छ।

संस्थापक केन्द्रीय तदर्थ समिति र केन्द्रीय पदाधिकारीको नाम सार्वजनिक गरिने उक्त सभामा सङ्गठनलाई व्यवस्थित तथा थप व्यावसायिक बनाउन आवश्यक छलफल गरी रणनीति तय गरिने सङ्गठनका नेता विश्वमणि सुवेदीले जानकारी दिए।

सङ्गठनले हालै जिम्मेवारी प्रदान गरेका प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सचिवले सम्बन्धित प्रदेशस्थित सङ्गठनको केन्द्रीय संस्थापकसहित तोकिएका नेताले जिल्ला संयोजकको नाम टुङ्गो लगाइ केन्द्रीय कार्यालयलाई नाम पठाउनुपर्ने छ। सोही प्रकारको संरचनाबाट चाँडो प्रदेश कमिटीलाई पूर्णता दिइने छ।

त्यसैगरी राष्ट्रिय भेला आगामी पुस ५ गते गरिने भएको छ। काठमाडौँ उपत्यका बाहिर गरिने सो भेला मकवानपुर तथा चितवनमा गर्न प्रस्तावित गरिएकाले स्थान भने निश्चित भइसकेको छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.