२२ कात्तिक, हेटौंंडा ।
सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले आज सोमबार विश्वासको मत लिँदैछन् ।त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दैछ ।
स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले विश्वासको मत लिन लागेका हुन्। उाी गठबन्धनका दल नेपाली कांगेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टी नेपालको समर्थनमा ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल छ । १ सय ९ सिट रहेको प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर छ ।
प्रदेशसभामा एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई-दुई तथा जसपाको एक सिट छ ।